मनोहर कप भलिबल: सेमिफाइनल समिकरण पूरा
पाेखरा | माघ २, २०८२
पोखरा: पोखरामा जारी मनोहर कप तेस्रो क्लब स्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।
पोखरा–१४ मनकामना टोलको खेल मैदानमा जारी प्रतियोगितामा शुक्रबार नवज्योति क्लब र पोखरा युनाइटेड क्लबले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् ।
नवज्योति क्लबले एपिएफ पोखरामाथि रोमाञ्चक जित निकाल्दै सेमिफाइनलमा पुग्न सफल भयो । पहिलो सेट २५–२३ ले जितेको एपिएफ पोखराले दोस्रो सेट २२–२५ ले नवज्योतिलाई सुम्पियो । तेस्रो सेटमा पुनः २५–१८ ले जित निकाल्दा एपिएफ पोखराले चौथो सेट १७–२५ ले नवज्योतिलाई सुम्पिँदा खेल पाँचौं सेटमा धकेलिएको थियो । पाँचौं सेटमा १६–१४ को रोमाञ्चक जित निकाल्दै नवज्योतिले सेमिफाइनलको यात्रा तय ग¥यो ।
शुक्रबार भएको अर्को खेलमा पोखरा भलिबल टे«निङ सेन्टरलाई ३–० को सोझो सेटमा पराजित गर्दै पोखरा युनाइटेडले सेमिफाइनलमा स्थान बनायो । युनाइटेडले पहिलो सेट २५–१५, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–२३ ले जित दर्ता ग¥यो । मनोहर युवा क्लब ‘ए’ र पकुवा भलिबलले यसअघि नै सेमिफाइनलमा स्थान पक्का गरेका थिए ।
प्रतियोगिताको पहिलो सेमिफाइनल आयोजक मनोहर क्लब र नवज्योति क्लबबिच भोलि बिहान ८ बजेबाट सुरु हुनेछ । त्यसपछि दोस्रो सेमिफाइनल पोखरा युनाइटेढ र पकुवा भलिबलबिच हुनेछ । फाइनल खेल पनि भोलि नै हुने तालिका छ ।
माघ ३ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टोलीले एक लाख ७५ हजार ५५५ रुपैयाँसहित ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । दोस्रो हुने टोलीलाई एक लाख एक हजार १११ रुपैयाँ प्रदान गरिनेछ ।
सेमिफाइनलमा पुग्ने दुई टोलीले समान २० हजार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ८ हजार र विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

